५ मंसिर २०८३, शनिबार

प्रचण्ड र देउवालाई पनि मधेसमा निषेध गर्ने महतोको चेतावनी

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसपालीको मधेस आन्दोलनमा बन्द, चक्काजाम, आमहड्ताल र नाकाबन्दीको विकल्प खोजिने आश्वासन दिएका छन् ।

प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिएर सरकार र निर्वाचनविरूद्ध असहयोग आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रमुख घटक सदभावना पार्टीका अध्यक्ष महतोले अब मधेशी जनतालाई दुःख हुनेगरि कुनै पनि आन्दोलनको कार्यक्रम नल्याउन अन्तिमसम्म प्रयास गर्ने बताए ।

प्रेस मञ्च चितवनद्वारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदभावना अध्यक्ष महतोले बन्द हड्ताल चक्काजाम र नाकाबन्दीले आमजनता, व्यापारी, विद्यार्थी, दैनिक मजदूरलाई निकै नराम्रो असर गर्ने कुरा आफूहरूलाई राम्ररी थाहा भएको कुरा बताए ।

‘यसपटक हाम्रो आन्दोलन भनेको संविधान संशोधनको विरोधी दलहरू विरूद्ध हुने छ।’ राजेन्द्र महतोले आन्दोलन तीन दल खास गरि तराई मधेशमा रहेका एमालेका सांसद, नेताहरूविरूद्ध हुने संकेत गरे ।

‘मधेशी जनताले राम्ररी बुझि सक्याछन् । कुन दल मधेशको पक्षमा छ र कुन विरोधमा ?’ महतोले चेतावनी दिंदै भने– यदि कांग्रेस र माओवादीले समेत संशोधनमा इमानदारिता देखाएन भने मधेशी जनता ओली जस्तै प्रचण्ड र देउवालाई पनि मधेशमा निषेध गर्ने छ ।’

‘बन्द हडताल हामी कुनै रहरले गरेका छैनौं। र अगाडि पनि नगर्ने तर सरकार र तीन दलले हामीलाई बाध्य पार्यो भने कुनै पनि हद सम्म जान मधेशी जनता तैयार छ।’ महतोले थपे ‘जनतालाई दुख नभोग्नु परोस् त्यसबारे सरकार र सबै जिम्मेवार दल समयमै आवश्यक कदम चाल्नु उचित हुने छ।’