५ मंसिर २०८३, शनिबार

मोर्चाले सभामुखलाई आज समर्थन फिर्ताको पत्र बुझाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरूले सरकारलाई दिएको समर्थन फिर्तासम्बनधी पत्र सभामुखलाई दिने भएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा मधेसी मोर्चामा आवद्ध दलहरूले बिहान एघार बजे समर्थन फिर्तासमबन्धी पत्र बुझाउन लागिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

सरकारले परिमार्जनसहित संविधान संशोधनको विधेयक अगाडि नबढाएको तथा सप्तरीमा पाँच जनाको ज्यानजाने गरी घटना गराएको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय बुधबार राति गरेको थियो ।

मोर्चाको यो निर्णयसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल दबाबमा परेका छन् । उनको सरकार तत्काल ढल्ने अवस्था नरहे पनि मोर्चाको समर्थन फिर्ताले नैतिक दबाबमा रहिरहने छन् ।