५ मंसिर २०८३, शनिबार

स्थानीय निर्वाचन: कांग्रेसको चुनाव चिन्ह पहिलो नम्बरमा, एमालेको दोस्रो स्थानमा

15.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २ चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरूले आज कान्तिपथस्थित आयोग कार्यालयमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र नायब महान्यायाधिवक्ता किरण पौडेलसँग निर्वाचनमा भाग लिने दलहरूले प्राप्त गर्ने निर्वाचन चिह्न र दलहरूको मर्यादाक्रमका विषयमा छलफल गर्नुभयो ।

त्यस अवसरमा महान्यायाधिवक्ता श्रेष्ठले संसदमा प्रतिनिधित्व गरेको दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले पनि निर्वाचन चिन्ह प्राप्त गर्ने र मतपत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मर्यादाक्रम कायम रहने सुझाव
दिनुभयो ।

महान्यायाधिवक्ता श्रेष्ठले राजनीति दल एकीकरण भएमा एकीकृत दलले मान्यता पाउने कानूनी व्यवस्था रहेको जानकारी आयोगलाई गराउनुभयो ।

छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह आयोगका सचिव गोपीनाथ मैनालीलगायतको उपस्थिति रहेको आयोगले जनाएको छ ।

कांग्रेसको चुनाव चिन्ह पहिलो नम्बरमा, एमालेको दोस्रो र माओवादीको तेस्रोमा

यसैबीच स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेपाली कांग्रेसको उम्मेदवारको नाम सबैभन्दा अगाडि हुने भएको छ । त्यसपछि एमाले र माओवादी केन्द्र क्रमशः रहने छ । निर्वाचन आयोगले दोस्रो संविधानसभामा प्राप्त गरेको समानुपातिक मत संख्याका आधारमा क्रमशः दलको रोलक्रम तोकेको छ । यही रोलक्रम अनुसार मतपत्रमा दलको उम्मेदवार र चुनाव चिन्ह राखिने आयोगले जनाएको छ ।