२० कार्तिक २०८३, शुक्रबार

माध्यामिक शिक्षा परीक्षाः सल्यानमा २८६ बिद्यार्थी परीक्षाबाट बञ्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २ चैत । भोलिदेखि सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) को तयारी सल्यानमा पूरा भएको छ । जिल्लामा २३ वटा परिक्षा केन्द्र रहेको र प्रत्येक परिक्षा केन्द्रहरुमा प्रश्नपत्र तथा उत्तरपुस्तीका पठाईसकेको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस बर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) मा जिल्लाका २ सय ८६ जना बिद्यार्थी परिक्षा दिन बाट बन्चित हुने भएका छन् । एसईई को फर्म भरे पनि तोकिएको राजश्व नबुझाएपछि परिक्षा दिन बाट बन्चित भएको जिल्ला शिक्षा अधिकारी देबिप्रसाद सुबेदीले जानकारी दिनु भयो ।

जिल्ला भर बाट भने ६ हजार २ सय ३४ जना बिद्यार्थीहरुले सहभागिता जनाउदैँ छन् । जसमा नियमित तर्फ ५ हजार २ सय ८९ जना बिद्यार्थीहरुले सहभागिता जनाउदैँ छन् । यस्तै आंशिक तर्फ ७ सय २९ र एक्जाम्टेड तथा २ सय १६ जना बिद्याथीहरु रहेका छन् ।

माध्यमिक शिक्षा परीक्षामा सल्यानको शिबजन माद्यामिक बिद्यालय शितलपाटी परिक्षा केन्द्र बाट सबै भन्दा धेरै ३ सय ९० जना बिद्यार्थीहरुले सहभागिता जनाउदैँ छन् । यस्तै सबै भन्दा कम भानुभक्त माद्यामिक बिद्यालय दमाचौर बाट १ सय १२ जना बिद्यार्थीहरुले सहभागिता जनाउदैँ छन् । जिल्लाका २३ परिक्षा केन्द्रका लागी २३ जना केन्द्राध्यक्ष पनि ताकिएको छ ।

यसैबिच जिल्ला शिक्षा अधिकारी देबिप्रसाद सुबेदीले सल्यानमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा अनुसाशित र मर्यादित तरिकाले सम्पन्न हुने दाबी गर्नु भएको छ । उहाँले परिक्षालाई सब्य र मर्यादित तरिकाले सम्पन्न गर्नका लागी सबै केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण पनि दिइईएको बताउनु भयो ।

सल्यानमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमण समिती गठन गरिएको छ । सो अनुगमण समितीले जिल्लाका सबै परिक्षा केन्द्रहरुमा परिक्षा कसरी सञ्चालन भैरहेको छ भनेर अनुगमण गर्ने छ । जिल्ला शिक्षा अधिकारी सुबेधीले बिहीबार देखी शुरु हुन लागेको परिक्षालाई मर्यादित बनाउनको लागी सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

उहाँले प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरुको तर्फ बाट परिक्षा दिएमा वा यस्तै अन्य कार्य गरेमा शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम कसुरको मात्रा हेरी कारबाही गरिने चेतावनी दिनुभएको छ । तर सुबेधीले ढुक्क भएर परिक्षामा सहभागी हुन बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ ।

जिल्ला शिक्षा कार्यालय सल्यानले यस बर्षको माद्यामिक शिक्षा परीक्षामा सल्यानको नतिजा राम्रो आउने बताएको छ । समय समयमा बिद्यालयहरुको अनुगमण तथा बिद्यालयका प्रधानाध्यापकहरुलाई बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी काम गर्न सचेत गराएकाले माद्यामिक शिक्षा परीक्षाकोे नतिजा राम्रो आउने दाबी गरेको छ ।