काभ्रे, २ चैत । व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले स्थानिय तह पुनर्संरचना अनुसार नै स्थानीय निकायको निर्वाचन हुने बताउनु भएको छ ।
काभ्रेको धुलिखेलमा सुरु भएको प्रजातान्त्रिक स्थानिय शासन व्यवस्था विषयक कार्यशालामा बोल्नु हुदै सभापति अधिकारीले मधेसवादी दलहरु पनि बैशाख ३१ गते हुने स्थानिय तहका निर्वाचनमा सहभागी हुने दाबी गर्नुभयो ।
विभिन्न संसदीय समितिका १९ जना सांसदहरु सहभागी कार्यशालामा बोल्दै उहाँले सिंहदरबारको पहुँच अब स्थानीय तहमा नै निहित हुने हुँदा विकासको काममा जनताले सिधै पहुँच राख्ने स्पष्ट पार्नुभयो । विकास निर्माणमा स्थानीय तहबाट जनतालाई प्रत्यक्ष सहभागिता र प्रत्यक्ष प्रभाव पार्ने सभापति अधिकारीले बताउनुभयो ।
विहिबारसम्म चल्ने कार्यशालामा स्थानिय तह पुनर्संरचनाबाट तत्काल विकास निमार्णमा पुग्ने असर र समस्या समधान विषयमा छलफल हुने बताइएको छ ।











प्रतिक्रिया