५ मंसिर २०८३, शनिबार

केपी ओलीबारे भारतीय नेताको रुखो टिप्पणी

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । भारतीय जनता पार्टीका शीर्ष नेता भगतसिंह कोशियारीले नेपालको संविधान संशोधन गर्ने वा नगर्ने भन्ने विषय नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कोशीयारीले यस्तो बताएका हुन् । यद्यपी उनले चुनाव र संविधान संशोधन प्रस्तावलाई सँगसँगै लिएर जाँदा नै उत्तम हुने आफूहरुको धारणा रहेको बताए ।

धमलासँगको कुराकानीमा उनले भनेका छन्, ‘नेपाल एक सार्वभौम राष्ट्र हो, त्यसैले हामीले नेपाललाई कुनै गाईड गर्न सक्दैनौं र निर्देशन दिनपनि सक्दैनौ ।’

सरकारमा रहँदा एउटा कुरा बोल्ने अनि सरकारबाट बाहिरिँदा अर्के कुरा नबोल्न चेतावनी ।

नेता कोशीयारीले मौसममा कहिले गर्मी, कहिले जाडो, कहिले उतार त कहिले चढाव आएझैं सम्बन्धमा पनि उतारचढाव आउने बताउँदै भने, ‘तर समग्रमा नेपाल र भारतवीचको सम्बन्ध राम्रो भैरहेको छ। भारतमा माननीय नरेन्द्र मोदीजी आएपछि त द्धिपक्षीय आपसी सम्बन्ध, आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुद बनेको छ। अति राम्रो र सुदृढ बनेको छ ।’

नेता कोशीयारीले नेपालमा संविधान संशोधन गर्नुपर्छ वा पर्दैन भन्ने कुरा नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरे। उनले भने,‘नेपाल एक सार्वभौम राष्ट्र हो। त्यसैले हामीले नेपाललाई कुनै गाईड गर्न सक्दैनौं। निर्देशन दिनपनि सक्दैनौ।’

नेपालको चुनावलाई लिएर भारत सरकारको दृष्टिकोण के छ ? त भन्ने धमलाको प्रश्नमा उनले थपे,‘हाम्रो दृष्टिकोणले त्यहाँ कुनै फरक पार्दैन्। हामी छिमेकी मित्र राष्ट्रका नाताले के भन्छौं भने सबैलाई साथमै लिएर जाँदा नै राम्रो हुन्छ।’ त्यस्तै उनले आफूहरुले नेपालको मधेशलाई मधेशको रुपमा नदेखेको बरु नेपाललाई एज अ होल नेपालको रुपमा देखेको स्पष्ट पारे।

नेपाल मामिलाका जानकार समेत रहेका नेता कोशीयारीले नेपालको चुनावलाई लिएर कहीँकतै पनि आफूहरुले विरोध नगरेको स्पष्ट पारे। उनले भने,‘हामीले कहीँकतैपनि चुनावको विरोध गरेका छैनौं, हम्रो भनाई त यति हो कि तपाईहरुले कसैलाई सहमतिमा लिएर जाने भनेर वचन दिनुभएको छ भने कम से कम त्यो वचन त पालना गर्नुहोस् भन्ने हो।’

‘मधेशी मोर्चाले चुनावमा भाग नलिनु नेपालको आन्तरिक मामिला’

उनले मधेशी मोर्चाले चुनावमा भाग नलिनुको कारणबारे उनले यो नेपालको आन्तरिक मामिला भएको बताए। उनले थपे,‘हामी त यति भन्छौं कि तपाईहरुवीचको आपसी झगडा समाप्त गर्न वा समाधान गर्नको लागि कुनै सम्झौता गर्नुभएको छ भने त्यसलाई पालना गर्नुहोस्। छिटो भन्दा छिटो संविधान कार्यान्यन गर्नुहोस्। छिटो भन्दा छिटो चुनाव गराउनुहोस्। भारत त नेपालमा सँधै शान्ति, स्थायित्व र आर्थिक विकास चाहन्छ।’

उनले आफूहरुले कहिल्यैपनि नेपालको चुनावको विरोध नगरेको सप्ष्ट पारे। कोशीयाराले थपे,‘हामी किन विरोध गर्नु नि?भारतले चुनाव भए राम्रो हुन्छ भनेको छ। हामीले त नेपाली नेताहरुसँग पनि यही भनेका छौं।’ उनले नेपालमा सबै कुरा सहमतिमा होस् भन्ने भारतको चाहना रहेको खुलासा गरे।

केपी ओलीबारे भारतीय नेता रुखो टिप्पणी

एमाले अध्यक्ष केपी ओलीले त नेपालको संविधान संशोधनमा भारतले दबाब दिएको छ भनेर आरोप लगाउनुभएको छ नि ? भन्ने प्रश्नमा कोशीयारीले भने, ‘ओलीजी आँफै पूर्वप्रधानमन्त्री हुनुहुन्छ, शीर्ष नेता हो। उहाँलाई आँफैमा विश्वास हुनुपर्ने हो । कुनै नेतालाई आफूसँग नै विश्वास छैन भने त हाम्रो भन्नु केही छैन। हिन्दुस्तान गुलाम भयो, यसमा हाम्रो कमजोरी थियो भनेर हामी मान्छौं । त्यस्तै नेपालमा कुनै कमजोरी छ भने त्यो नेपालको आफ्नो कमजोरी हो नि। यसमा भारत, चीन वा अमेरिकाको के लेनादेना छ ?’

उनले अघि थपे, ‘सरकारमा रहँदा एउटा कुरा बोल्ने अनि सरकारबाट बाहिरिँदाअर्के कुरा बोल्ने गर्नुहुँदैन । भारतको ईशारामा नेपाल किन चल्छ र ? नेपाल त आफ्नो ईशारामा चल्छ नि।’

त्यस्तै नेता कोशीयारीले हालै नेपालको कञ्चनपुरमा घटेको घट्नाबारे दुःख व्यक्त गरे भने, ‘द्धिपक्षीय सम्बन्ध हल गर्नको लागि हामीवीच निरन्तर वातचित भैरहेको छ। कन्चनपुर घट्नामा हामी संवेदनशील छौं। यसको समाधान हुन्छ।’