काठमाडौं, २ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएपछि उपचारका लागि थाईल्याण्ड लगिएको छ ।
स्वकीय सचिब महेश बिष्टका अनुसार दिशा र पिसाब सम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाहमा अधिकारीलाई थाइल्याण्ड लगिएको हो ।
गत पुस ७ गते दिसा र पिसाब दुबैको समस्या आएपछि उनी तीनकुनेस्थित कान्तिपुर अस्पताल भर्ना भएका थिए । आन्द्रामा र युरिनरी सिष्टममा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले बल्खुस्थित बयोधा अस्पतालमा रिफर गरेको थियो ।
बयोधा अस्पतालमा उनको आठ दिनसम्म आईसीयूमा राखेर उपचार भएको थियो । त्यसयता घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झनझन बढिरहेको थियो ।
उनलाई जाँच गर्ने बरिष्ठ चिकित्सक डा. युवराज शर्माले मुलुकबाहिर गएर औषधि उपचार गर्न सल्लाह दिएपछि उनलाई थाईल्याण्ड लगिएको हो । उनी लामो समयदेखि मुटु तथा दम रोगबाट पीडित छन् ।
अधिकारी तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीका भाई हुन् ।











प्रतिक्रिया