काठमाडौं, २ चैत । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा मंगलबारदेखि तेक्वान्दो रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सुरु भएको छ । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो ।
उक्त कोर्सको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र महासचिव दिपराज गुरुङले लगायतले उद्घाटन गरे । सो अवसरमा महासचिव गुरुङले डब्लुटिएफले तेक्वान्दोमा केही नयाँ नियम जारी गरेका कारण कोर्स सुरु गरिएको बताए ।
चैत ३ गते सम्म हुने ग्यरोगीतर्फका कोर्समा कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको कोर्सका प्रशिक्षक समेत रहेका गोविन्द शर्माले जानकारी दिए । जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायकको सहभागीता रहेका छ ।
उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ,कोरियन प्रशिक्षक क्वान योङ दल र गोविन्द शर्माले प्रशिक्षण दिएका छन् ।
कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा वैशाख १० र ११ गते हुनेछ ।















प्रतिक्रिया