२ कार्तिक २०८३, सोमबार

आफ्नै निर्देशन, स्वर, संगीत र शब्दमा भट्टराईको ‘हाम्री दाई कि साली’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । निर्देशक श्याम भट्टराईले ‘हाम्री दाई कि साली अलि अलि काली…’ को छायॉकनका लस भेगासमा गरेका छन् ।

बिभिन्न रमणीय स्थानमा गीतको छायाँकन भएको छ । गीतमा भट्टराईकै शब्द, संगीत र स्वर छ ।

‘हाम्री दाइ कि साली…’ मा अनीष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी अमित लुइँटेलका साथै गोविन्द सापकोटा सुमन सिवाकोटीको अभियन रहनेछ ।

म्युजिक भिडियोका छायाँकार शंकरराज वाग्ले हुन् । अमेरीकामा बस्दै आएका निर्देशक भट्टराई नयॉ नेपाली चलचित्रको तयारी गरेको भनेर धेरै अगाडिदेखि बताउँदै आए पनि फिल्म भने बनाएका छैनन् । बरु म्युजिक आफ्नै निर्देशन, स्वर, संगीत र शब्दमा गीत बनाएर भट्टराई सांगीतिक क्षेत्रमा देखिएका छन् ।