काठमाडौं । सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को टिमले सिक्वेल बनाउने भएको छ । फागू पूर्णिमाको अवसरमा ‘आमा सरस्वती मुभिज’ले चलचित्रको सिक्वेल घोषणा गरेको हो ।
सिक्वेलको ‘छक्का पञ्जा २’ नाम राखिएको छ । चलचित्रलाई ‘छक्का पञ्जा’की निर्देशक दीपाश्री निरौलाले नै निर्देशन गर्ने छिन् ।
‘छक्का पञ्जा’का मुख्य कलाकारमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत रहने छन् ।
दीपाश्रीका अनुसार सिक्वेलमा एक नायक र एक नायिका छान्ने क्रममा रहेको बताइन् । उनले भनिन्, ‘छक्का पञ्जा जहाँबाट सकियो, त्यहिबाट सिक्वेल सुरु हुन्छ ।’
२०७४ सालको जेठ १० बाट ‘छक्का पञ्जा २’ छायाँकनमा जाने छ । फिल्मका लागि किरण कँडेलको संगीत दिएका छन् ।















प्रतिक्रिया