१४ कार्तिक २०८३, शनिबार

मधेसका केन्द्रीय सदस्यको एकस्वर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले एकस्वरले मधेसी दलविना घोषित स्थानीय तहको निर्वाचन कठिन भएको बताएका छन् ।

सत्तासमीकरण बन्दा संविधान संशोधनको सहमति भएकाले त्यसबाट कांग्रेस भाग्न नहुने उनीहरूको भनाइ थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘मोर्चाले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ । उनीहरूको चेतावनीका बीच निर्वाचनमा जान कठिन हुन्छ भन्ने कुरा हामीले राख्यौँ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘सत्तासमीकरणबाट मधेसीलाई बाहिर जान नदिउँ, सहमतिमा ल्याउँ र संशोधन गरेर निर्वाचनमा जाउँ भन्ने हाम्रो मत छ ।’

कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादवसहितका नेताले संशोधन भएपछि तराई मधेसमा निर्वाचनको वातावरण बन्ने बताएका थिए । बैठकमा महेश आचार्यले संविधान संशोधन नगरी निर्वाचनमा जाँदा कांग्रेसलाई प्रत्युत्पादक हुने बताएका थिए ।