
चितवन, २८ फागुन । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानले आज चितवन एमालेमय बनेको छ । अभियान टोलीलाई चितवनमा भव्य स्वागत गरिएको छ । नारायणी नदी किनारमा सभा भैसकेको छ । जिल्ला इञ्चार्ज कृष्ण खनालको अध्यक्षतामा भैरहेको सभामा सचिव पार्वती रावलले स्वागत गरेकी छन् ।
यसअघि महेन्द्र राजमार्गका चोक चोकमा जम्मा भएका एमाले नेता कार्यकर्ता तथा सर्वसाधारणले अभियान टोलीलाई स्वागत गरेका छन् । सडक दायाँबायाँ स्थानीयले घडा राखेर र्यालीलाई स्वागत गरिएको थियो । जिल्लाका विभिन्न क्षेत्रवाट झांकी सहितको र्याली निकालिएको थियो । नारायणगढको जनसभापछि सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा तयारी भइरहेको छ ।















प्रतिक्रिया