२ कार्तिक २०८३, सोमबार

‘शोले’को यो सीन छायाँकन गर्न तीन वर्ष लागेको थियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । फिल्म निर्देशक एवम् निर्माता रमेश सिप्पीले सिनेमा र मनोरञ्नको क्षेत्रमा शिक्षण संस्था खोलेर नयाँ शुरुवात गरेका छन् ।

उनको यो शुरुवातसँगै बधाइ आउन थालेको छ । अभिताभ बच्चनले पनि रमेश सिप्पीलाई ‘मुम्बई यूनिवर्सिटी’ स्थापना गरेकोमा बधाइ दिएका छन् ।

अमिताभ बच्चनले रमेश सिप्पीको यो कामको प्रशंसा गर्दै फिल्म ‘शोले’संग जोडिएको एउटा कथा पनि सुनाएका छन् । जसले चर्चा पाएको छ ।

‘फिल्म ‘शोले’को एउटा सीन शूटिङ गर्ने बेला ३ वर्ष लागेको थियो । जया बच्चनले साँझपख रामगढको घरको पहिलो तलाको ग्यालरीमा लालटिन बाल्नु थियो । यही सीनमा अर्कोतिर मैले माउथ अर्गन बजाएको हुन्छु । त्यही सीनका लागि रमेशजीले ३ वर्षको समय लिएका थिए । किन कि हरेक पटक केही न केही समस्या आउँथ्यो । त्यो सीनको लागि चाहिने लाइट र साँझपखको समयका कारण प्राविधिक समस्या परेको थियो । रमेश सिप्पीजीले त्यो सीन नगर्ने समेत बताएका थिए । पछि सीन शुटिङ भयो’, अमिताभ बच्चनले भनेका छन् ।

अमिताभ बच्चन भन्छन्, ‘आजभन्दा ५०–६० वर्ष अगाडि राम्रो घरपरिवारका व्यक्तिलाई फिल्ममा काम गर्ने अनुमति थिएन । त्यस बेला म किशोरावस्थामा थिएँ । त्यस्तो अवस्थादेखि रमेश सिप्पीले फिल्ममा काम थालेका हुन् । मलाई ‘शोले’मा खेल्ने अवसर दिए ।’
अमिताभ बच्चन आफ्नो फिल्म ‘सरकार ३’ को पोस्ट प्रोडक्शनमा जुटेका छन् । यो फिल्म ७ अप्रिलमा रिलिज हुँदैछ । फिल्मका निर्देशन रामगोपाल वर्मा हुन् । – एजेन्सी