५ मंसिर २०८३, शनिबार

एमालेको मेची महाकाली अभियान चितवन प्रस्थान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान आज चितवन प्रस्थान गर्ने भएको छ ।

मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवनमा विभिन्न कार्यक्रम गर्नेछ । चितवनमा हुने सभालाई एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

अभियानमा सहभागी टोली अहिले केही समयपछि चितवन प्रस्थान गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

झापाबाट शुरु भएको एमालेको मेची महाकाली अभियान सप्तरी घटनापछि केही दिनका लागि स्थगित भएको थियो । अभियान पुनः शुक्रबारबाट शुरु भएको छ ।