५ मंसिर २०८३, शनिबार

ईश्वर पोखरेलको कडा प्रतिक्रियाः कञ्चनपुर घटनामा सरकार र मधेसी मोर्चाले भारतसँग दलाली गरे

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कञ्चनपुर घटनामा सरकार र मधेसी मोर्चाले दलाली गरेको आरोप लगाएका छन् ।

विहिबार भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक गोविन्द गौतम मारिएको घटनाको भत्सर्ना गर्दै महासचिव पोखरेलले सरकारले भारतलाई क्षमा माग्न लगाउनुको सट्टा मधेसी मोर्चासँग मिलेर दलाली गरिरहेको आरोप लगाएका हुन् ।

महासचिव पाखरेलले लेखेका छन्-

‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको नेपाली भूमिमा प्रवेश गरी त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई कुटपीट गर्नुका साथै गोविन्द गौतमको हत्या गरेको छ । सबै देशभक्त स्वाभिमानी नेपालीहरूले भारतीय हैकम, अतिक्रमण र थिचोमिचोको यो पछिल्लो घृणित र निन्दनीय कार्यको विरोध र भत्सर्ना गर्नुपर्छ । सरकारले यस विषयमा भारतीय पक्षसित गंभीर रूपमा कुरा उठाउने, क्षमा याचना गराउने र सीमा क्षेत्रमा हुने गरेका अतिक्रमणकारी कामहरू नहुन् भनेर अब आइन्दा सावधानी अपनाउनुपर्ने कुरामा गंभीर रूपमा ध्यानाकर्षण गराउनु पर्दछ । भारत सरकार समक्ष कुरा उठाउन नसक्ने, दलालीको भाषामा कुरा गर्ने, अझ उल्टै ‘यो केही होइन, तस्करीमा संलग्न मारिएको…’ भनेर मधेसी मोर्चाका केही मान्छेहरूले निन्दनीय टिप्पणी गर्ने अनि ‘संघीय समाजवादी’ भनिनेहरू भारतीय राजदूतावासबाट जारी गरिएको जाली र रकमी वक्तव्य संसदमा वाचन गरी सुनाउने जस्ता घृणित तथा निम्नकोटीका दलालीपूर्ण कामहरू भएका छन् । यी सबैलाई देशभक्त नेपालीहरूले चिन्नु जरूरी छ । यिनको निन्दा र भत्सर्ना गरिनुपर्छ । यी काम गरेर मात्र भारतीय सुरक्षाकर्मीहरूको गोलीबाट आफ्नै मातृभूमिमा मारिनु भएका गोविन्द गौतमप्रति सच्चा श्रद्धान्जली हुनेछ !’