नेस्भिल्ले, अमेरिका । अमेरिकन रेफ्री जीतु बस्नेतले बार्सिलोनाको जितलाई ‘विश्वासको जीत’को संज्ञा दिदै क्लव फूटबलमा बार्सिलेनाले ‘फुटबलमा सबै सम्भव छ’ भन्ने संदेश दिएको बताएका छन् ।
विगत एक दशकदेखि अमेरिकाको फुटबलमा रेफ्रीको काम गर्दै आइरहेका बस्नेतले बार्सिलोना विश्व नम्बर वान फुटबल क्लव भएता पनि पीएसजी जस्तो कडा प्रतिस्पर्धीसंग ४ गोलको कमब्याक असम्भव जस्तै हो भन्दै यो विजयले बार्सिलेनाले विश्व फुटबलमा नयाँ इतिहास लेख्न सफल भएको बताए । बार्सिलोनाको जीतले फुटबलमा सबैभन्दा शक्तिशाली तत्व भनेको जितको लागि भोको हुनु हो भन्ने कुरा पुनः स्थापित भएको छ, अमेरिको नेसभिल्लेबाट उनले भने । नेसभिल्लेकै क्यामरुम हाइस्कुलमा फूटबल प्रशिक्षकको रुपमा सक्रीय रहेका बस्नेतले आफू कुनै पनि टिमको फयान नरहे पनि आफ्ना अधिकांश खेलाडीहरु बार्सा फ्यान रहेको र खेलको पहिलो हाफमा ज्यादै उत्साहित देखिएको तर एडिसन कभानीको अवे गोलपछि निराश बनेको बताए । ‘मेसीको पेनाल्टीपछि धेरै उत्साह छाएको थियो तर कभानीले क्याप नूमा गोल गरेपछि खेल बार्साको हातमा नरहेको अवस्था आयोे, तर जब बार्सिलोनाले जितेरै छाड्ने निर्णय गर्छ तब फुटबलको पनि केहि जोर चल्दैन ।’
झापाको भुटानी शरणर्थी शिविरमै छदाँ देखि नै फुटवल खेलाउन थालेका र अमेरिकामा आएपछि अमेरिकन फूटबल रेफ्रीको लाइसन्स लिएर व्यवसायीका रुपमा एकहजार भन्दा धेरै खेल खेलाईसकेका जीतुले अन्तिम मिनेटमा सर्जीयो रोबेटोले गरेको गोल संसारमै सबैभन्दा बढि हेरिने गोल हुनेछ भन्दै उक्त गोलले फुटबल इतिहासलाई नयाँ मोड दिएको बताए । ‘खेलाडीको आत्मविश्वास र प्रशंसकको साथले यो सबै सम्भव भएको हो । रोबेटोको गोल विश्व फूटबलमा विश्वासको प्रतिकको रुपमा रहने छ ।’
त्यस्तै यूनिभर्सिटी स्कुल अफ नेस्भिल्लेका प्रशिक्षक ड्यानियलले बार्साको जीत, खेलाडिको आत्माविश्वास प्रसंशकको सपोर्ट र प्रशिक्षकको रणनीतिको परिणाम भएको बताए । ‘इनरिकेले प्रिम्याच कन्फरेन्समा पीएसजीले ४ गोल हान्न सक्यो भने हामी ६ गोल हान्न सक्छौँ भनेर प्रशंसक र खेलाडीको मनोबल मात्र बढाएन् तिन चार तिनको रणनीतिलाइ कायम राख्नु र पहिला कमजोर प्रदर्शन गरेका खेलाडीलाई बेन्चमा राख्नु जस्ता महत्वपूर्ण निर्णय गरे जसले शुरुदेखि नै बार्साको आक्रमक शैलीलाई उत्कृष्ट रुप दियो,’ उनले भने, ‘यो जितले विश्वभरका खेलाडिको मनोबल बढाएको छ ।’
क्यमरुन स्कुलकै अर्का प्रशिक्षक टेलरले भने यो जितले आशाको दृढतालाई पुर्नपुष्टि गरेको बताउछन् । ‘यो फूटबलको होइन आशाको जित हो र बार्सिलोना ९० मिनेटमा जुनसुकै चमत्कार गर्न सक्षम छ भन्ने गतिलो संदेश पनि हो,’ उनले भने ।
















प्रतिक्रिया