१ कार्तिक २०८३, आइतबार

दिदीबहिनी कप महिला राष्ट्रिय भलिबलमा सेमिफाइनल समीकरण पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, २७ फागुन । प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगितामा सेमिफाइनलको समीकरण पूरा भएको छ ।

बिहीबार पर्वतको कुस्मास्थित नवौँ पश्चिमाञ्चल महोत्सब अन्तर्गत भएको लिग चरणको खेल समाप्ती पश्चात समूह ‘ए’बाट एपीएफ र नेपाल पुलिस तथा समूह ‘बी’बाट न्यूडायमण्ड र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफ समूह बिजेता र पुलिस उपविजेता तथा न्युडायमण्ड विजेता र आर्मी उपविजेता बन्दै अन्तिम चारमा बनाएको हो । सेमिफाइनमा एपीएफले आर्मी तथा न्युडायमण्डले पुलिससँग प्रतिस्पर्धा गर्नेछन् ।
एपीएफले आफ्नो समूहको दुवै खेल जित्दै ६ अंक बटुल्दै समूह विजेता बन्यो । पुलिसले भने एपीएफसँग हार र आयोजक दिदीबहिनी रेडियोमाथि जित निकालेपछि ३ अंकका साथ समूह उपविजेता बन्यो ।

बिहीबार एपीएफले दिदीबहिनीमाथि २५–४,२५–६ र २५–६ को सोझो सेटमा जित निकाल्यो । पुलिसले पनि रेडियो दिदीबिहीनीलाई २५–१२,२५–१४र २५–१२ को सोझो सेटमा हरयो । समूह ‘बी’को न्युडायमण्डले पश्चिमाञ्चल क्षेत्रीय भलिबबल संघलाई २५–९,२५–१३ र २५–८ ले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।

दोस्रो खेलमा पनि आर्मीमाथी २५–१४,२५–१२ र २५–२१ को सोझो सेटमा हराउदै सत प्रतिशत जितका साथ समूह बिजेता बन्यो । उक्त समुहको उपविजेता आर्मीले पहिलो खेल गुमाएपनि पश्चिमाञ्चलमाथि रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पश्चिमाञ्चलमाथि २४–२६,२५–२०,२५–२२,२३–२५ र १५–११ ले जित निकाल्दै समूह उपविजेता बन्यो ।