१४ कार्तिक २०८३, शनिबार

एसएसबीको गोली प्रहारबाट नेपालीको मृत्यु भएको छैन : भारत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै एसएसबीले गोली नचलाएको दाबी गरेको हो ।

भारतीय दूतावासले सीमा क्षेत्रमा निर्माण कार्य गर्नु पहिला दुवै पक्षका सर्वेयरको छलफल आवश्यक पर्नेसमेत जनाएको छ ।