१ कार्तिक २०८३, आइतबार

एमालेका नेताहरू बालुवाटार पुगे, तीन दलको शीर्ष बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा मधेसी मोर्चाको माग र तराईको अवस्था एवम् स्थानीय निर्वाचनका विषयमा छलफल हुने बुझिएको छ ।