२ कार्तिक २०८३, सोमबार

कोमल ओलीले आजदेखि रेडियो नेपाल छाड्दै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । लामो समय रेडियो नेपालमा काम गरेर अवकास लिँदै गरेकी गायिका कोमल ओलीलाई रेडियो नेपालले आज बिदाइ गर्ने भएको छ ।

सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा गायिका ओलीलाई बिदाइ गर्न लागिएको हो । गायिका ओलीको बिदाइ सम्मानमा दिउँसो साढे दुई बजे विशेष कार्यक्रम राखिएको स्रोतले जनाएको छ ।

राप्रपाको महाधिवेशन अगाडि गायिका ओलीले रेडियो नेपालको जागिरबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृति भए पनि बिदाइ भने भएको थिएन ।

राप्रपाको केन्द्रीय सदस्यमा भारी मत ल्याएर बिजयी भएकी ओलीले अब आफूलाई राजनीतितिर केन्द्रित गर्ने छिन् । उनले आफ्नो गायनलाई पनि अगाडि बढाउने बताइन् ।