महोत्तरी, २१ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती पुगेका महजोडि वरिष्ठ हास्य कालाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय सहितका कालाकारहरु दुई महिना नवित्दै आर्थिक अभावकाबीच ५० वटा पक्की घर बनाएर छाना छाउने काम गरेको देख्दा आश्चर्य व्यक्त गरेका छन् ।
हास्य कालकार धुर्मुस सुन्तललीले चन्दा संकलन गर्दै बस्ती शिलान्यास गरेको २ महिना नपुग्दै युद्ध स्तरमा काम गरेको देख्दा महजोडीले धर्मुसलाई धन्यवाद दिए ।मह जात्रा हास्य कार्यक्रम लिएर मकवनापुरबाट विराटनगर हिडेका महजोडि शनिबार मुसहर बस्तीको निर्माण कार्यको स्थालगत अवलोकन गर्न आइपुगेका थिए । बस्ती अवलोकनमा हास्य कालाकार किरण केसी (रातामकैं), शिवहरी पौडेल, राजराम पौडेल, यमन श्रेष्ठ र माण्डवी त्रिपाठी पनि थिए ।
।समाजले काम गर्नेहरुलाई खुलेर सहयोग गर्ने परम्परा अझै नेपाली समाजमा रहेको र त्यसै परम्पराले धुर्मुस सुन्तली अघि बढेर देश विकासमा लागेको वरिष्ठ हास्य कालकार मदनकृष्ण श्रेष्ठले बताए । देश बनाउन ढिलाइ भइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । भूकम्प गएको लामो समय बितिसक्दा पनि राज्यले जनतालाई छानो दिन नसकेको प्रति उनी चिन्तित भए । धर्मुस सुन्तलीले तीनवटा बस्ती बनाइ राज्यले गर्न नसकेको काम गरेको कलाकार मदनकृष्णले बताए ।

धुर्मस सुन्तलीको कामको चौतर्फी प्रसंशा भइरेको अर्का हास्यकालाकार हरिवंश आर्चाले बताए । धर्मुस सुन्तली रकेटको गति भन्दा पनि कयौं गुण तिब्र गतिमा काम गरिहेको उनले भने ।
‘एक जनाले गर्दा अर्कोले खुट्टा तान्ने प्रवृत्ति देश बन्न सकेको छैन सबै मिल्नुपर्छ अनि मात्र देश बन्छ’ भन्दै धुर्मुस सुन्तलीले देशलाई खुशी बनाउने अभियान चलाएको मदन कृष्ण श्रेष्ठले बताए ।
पुस २५ गते शिल्यान्यास गरिएको मुसहर बस्ती निर्माणमा अझै २ करोंड अपुग छ । तर निर्माण कार्य निरन्तर जारी छ । ७० प्रतिशत निर्माण कार्य सकिएको । सहयोग गरिदिन सहयोगी मनहरुमा धर्मुसले अपिल गरेका छन् ।
















प्रतिक्रिया