भैहरवा, २१ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीको कार्यक्रमलाई सम्बोधन नगरिकनै हिडेका छन् ।
शनिबार संघीय समाजवादी फोरम रुपन्देहीको जिल्ला अधिवेशनमा प्रमुख अथिति भएर गएका यादव साउन्ड सिस्टम विग्रिएपछि रिसाएर हिँडेका हुन् ।
करिव ४० मिनेट पर्खदा पनि साउन्ड सिस्टम नबनेपछि यादव रिसाएर हिडेको एक नेताले बताए । ‘दिउँसो एक बजेतिर शुरु भएको कार्यक्रममा अध्यक्ष यादव बोल्दा साउन्ड सिस्टम विग्रियो,’ ती नेताले भने– ‘तर, ४० मिनेटसम्म पनि माइक बनेन् । यादव कार्यक्रम छाडेर हिडे ।’















प्रतिक्रिया