काठमाडौं, २१ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मेची–महाकाली अभियान शुरु गर्नु ठीक एकदिन अगाडि मधेसी र थारु मुलका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।
झापामा शुक्रबार बसेको स्थायी समितिले केन्द्रीय कमिटीमा १२ जना पूर्ण सदस्य र ९ जना बैकल्पिक सदस्य मनोनयन गर्ने निर्णय गरेको एमालेद्वारा शनिबार बिहान जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । एमालेले एकजनालाई केन्द्रीय सल्लाहकार परिषदमा अर्का एकजनालाई सात नम्वर प्रदेश कमिटीको सदस्यमा मनोनयन गरेको छ ।
तराईका जिल्लाहरूमा आफ्नो पकड बनाउने उद्देश्यका साथ ‘मेची–महाकाली अभियान’ गर्न लागेको एमालेले तराईका जिल्लाहरूबाट प्रतिनिधित्व हुने गरेर केन्द्रीय कमिटीमा मनोनयन गरेको हो ।
केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनीत हुनेमा रघुवीर महासेठ (धनुषा), धर्मनाथ साह (सिरहा), रामचन्द्र यादव (सिरहा), गंगा यादव (सिरहा), धर्मनाथ यादव (सिरहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रविन्द्र वैठा (सर्लाही), लालवावु यादव (रौतहट), यदुवंश झा (धनुषा), हरिनारायण महतो (धनुषा) रहेका छन् ।
बैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना (कैलाली), मञ्जु चौधरी (उदयपुर), हरि राजवंशी (झापा), सरोज यादव (महोत्तरी), महम्मद हारुन (बाँके), जुली महतो (धनुषा), शान्ता चौधरी (दाङ), सुधिर साह (धनुषा), सरला यादव (रौतहट) मनोनित भएका छन् ।
केन्द्रीय सल्लाहकार परिषदमा कैलालीका हनुमान चौधरी र सात नम्बर प्रदेश कमिटी सदस्यमा कैलालीका मायाराम चौधरीलाई मनोनित गरिएको छ ।
















प्रतिक्रिया