२ कार्तिक २०८३, सोमबार

‘मिस नेपाल पिस’को उपाधि सक्षम मगरको पोल्टामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । ‘मिस नेपाल पिस २०७३’को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ वर्षीया सक्षम थापा मगरले जितेकी छन् । उनले २७ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।

थापाले उपाधिका साथमा नगद रु ५०,०००।– नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडविल एम्बसेडर लगायत बिभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन् ।

‘सशक्त महिला सवल राष्ट्र’ नाराका साथ नेपाल बेष्टक्यान्सर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स् नेपालले बिहीबार आर्मी अफिसर्स क्लवमा आयोजित प्रतियोगितामा सपना छन्त्याल फष्ट रनरअफ र एरी श्रेष्ठ सेकेन्ड रनरअफ घोषित भए । फष्ट रनरअफ र सेकेन्ड रनरअफले उपाधिका साथमा क्रमशः ३०,००।– र २०,०००।– र बिभिन्न उपहार जिते ।

बिभिन्न उपशीर्षकमा नेप्सकोस ब्युटिविथ ब्रेन सनम थापा मगर, नोवल मोष्ट ट्यालेन्ट सपना छन्त्याल, ग्याट्रो बेष्टपर्सनालिटी एनी श्रेष्ठ, लुजा मोष्ट चार्मिङ स्वतलाल गुप्ता, आवरण बेष्टस्क्रिन निशा राई, बेष्टनसिङ बेष्टड्रेस थिम सबिना लामा, पब्लिकच्वाई अवार्ड निरुसा खड्का, मिस फोटो जेनिक निसा पाण्डे, बेष्टवाक शोनम डाल्मा शेर्पा, मोष्टडिसिप्लेन सुनम, स्प्यारो मोष्ट पपुल एलिसा डङ्गोल, सोसियल सिप रेस्पन्सिबल रोजी श्रेष्ठ बिजेता धोषित भए ।

नेपाल प्रसुती गृहकी पूर्व निर्देशक डा.शिला बर्मा अतिथि रहेको कार्यक्रममा नेपाल चिकित्सक महासंघको महासचिव लोचन कार्की प्रमुख निर्णायक रहेकी थिइन् ।

कार्यक्रममा डा.सुजिता हीराचन्द, डा.सन्ध्या चापागाई, पूर्व मिस नेपाल उषा खड्गी, फोटोग्राफर राजभाई सुवाल, निर्देशक दीपक श्रेष्ठ लगायत निर्णायमा रहेका थिए ।

कार्यक्रम बिभिन्न सांगीतिक तामझाका साथ आयोजना भएको थियो । चौथो संस्करणमा आएर ‘मिस नर्स नेपाल’ मिस नेपाल पिसको नामबाट आयोजना भएको हो ।