काठमाडौं, २० फागुन । एमाले निकट अनेरास्ववियुले बुधबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले झुटो सूची जारी गरेकोमा आपत्ति जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले भनेको छ– ‘हिजो नेविसंघले जारी गरेको सूचीमा आफूलाई धेरै स्थानमा विजयी भएको देखाउनकै लागि जबरजस्ती रुपमा भ्रम फैलाउने खालका फर्जी क्याम्पसको नाम र निर्वाचन नभएका क्याम्पसका नाममा आफ्नो उमेद्वार विजयी भएको घोषणा गरेको छ । जसप्रति अनेरास्ववियुको ध्यान आकृष्ट भएको छ ।’
विज्ञप्तिमा अनेरास्ववियुले अगाडि भनेको छ, ‘अनेरास्ववियुले आफ्ना मातहतका जिल्ला कमिटी, क्रियाशील विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयसँगको समन्वयमा प्रारम्भिक रुपमा अनुसन्धान गर्दा नेविसंघले सार्वजनिक गरेको सुची नक्कली रहेको पाइएको हुँदा तपाईहरु मार्फत आम विद्यार्थीहरुमा यो जानकारी गराउन चाहान्छौं ।’
‘अनेरास्ववियुको तर्फबाट हालसम्म १०६ क्याम्पसमा अध्यक्षहरु निर्बाचित भएका छन,’ सचिव आरसी लामिछाने भने– ‘नेपाल विद्यार्थी संघ उनीहरुकै दावा अनुसार १०५ बाट २० फर्जी घटाउँदा ८५ मात्रै देखिन्छ ।’
हेर्नुस् सूचीः
















प्रतिक्रिया