काठमाडौं । निर्माता अर्जुन कुमारको फिल्म ‘फाटेको जुत्ता’मा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् ।
फिरोज महर्जनको स्क्रिप्ट रहेको फिल्मको एक तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै प्रियंकाले नयाँ फिल्मको जानकारी आफ्ना फ्यानलाई गराएकी हुन् ।
निकेश खड्काले निर्देशक गर्ने फिल्म ‘फाटेको जुत्ता’ मा प्रियंका सहित अन्य स्टार्स रहनेछन् । निर्माण पक्षले यसको औपचारिक जानकारी पत्रकार सम्मेलनमार्फत दिने बुझिएको छ ।
















प्रतिक्रिया