काठमाडौं । नव नायिका एवम् मोडल उषा खनालले आफ्नो जन्मदिनको फजुल खर्चबाट बचेको थोरै भए पनि रकम गरिव र असाहयका लागि खर्च गर्ने बताएकी छिन् ।
शुक्रबार परेको आफ्नो जन्मदिनबारे खनालले भनिन्, ‘अघिल्लो वर्ष मेरा नजिकका साथी, पत्रकार, कलाकार आदिलाई बोलाएर होटेलमा खर्च गरे । यसपटक त्यसरी खर्च गर्दिन । बरु थोरै भए पनि गरिव असाहयलाई खानेकुरा वा रकम दिन्छु ।’
जन्मदिनको उपलक्ष्यमा फजुल खर्च गर्ने परम्परा शहर बजारमा बढ्दै गएकोमा चिन्ता जनाएकी नायिका खनालले भनिन्, ‘हामी जस्ता कलाकारले समाजलाई राम्रो गर्न सिकाउने हो । नराम्रा कुरामा कहिल्यै उकासनु हुँदैन ।’
पछिल्लो चलचित्र ‘लाले’ रिलिजसँग नयाँ तयारी गरिरहेकी खनालले म्युजिक भिडियोहरूमा भने खेल्दै आएकी छिन् । भोजपुरी फिल्मको तयारी भइरहेको उनले खुलाइन् ।
आफ्नो जन्मदिनको अवसरमा नायिका खनालले शुक्रबार बिहानै पशुपतिनाथको मन्दिर पुगेर पूजा गरेको सुनाइन् । भनिन्, ‘बिहानै पशुपतिनाथको मन्दिर पुगेर पूजा गरेँ । भविष्य सुन्दर बनोस् भनेर आर्शीवाद लिएँ ।’
तपाई अविवाहित ‘जोडीदार’ माग्नु भएन ? भन्ने प्रश्नमा नायिका खनालले भनिन्, ‘विहे गर्ने समय त भइसक्यो । ‘जोडीदार’ भनेको कुरा मागेर पाइने होइन । भाग्यमा जे लेखेको छ त्यही हुने हो । माग्न त माँगे हुँला नि !’















प्रतिक्रिया