सर्लाही, २० फागुन । सर्लाही क्षेत्र नम्बर ३ बाटा प्रतिनिधित्व गरेका तराई मधेस सद्भावना पार्टी (तमसपा)का सासद नरेन्द्र साह कलवारले सांसद विकास क्षेत्र कोषअन्तर्गत आफ्नो क्षेत्रमा पठाइएको बजेटको सही सदुपयोग गर्न चार सय सदस्यीय स्वयम् सेवक दस्ता गठन गरेका छन् ।
दस्ताले सर्लाही तीन नम्वर क्षेत्रभरि सबै गाविस र वडा तहसम्म भएका कामको निगरानी गर्नेछ । आफूले प्रतिनिधित्व गर्ने क्षेत्रमा विकासको काममा अनियमितता हुन नदिन त्यस्तो दस्ता तयार पारिएको उनले बताएका छन् ।
‘राज्यको वजेट खर्च भइरहेको छ तर गाउँका जनताले विकासको अनुभव गर्न पाएका छैनन्’, सांसद् कलवारले भने, ‘वजेटको दुरुपयोग भएको टुलटुल हेरर बस्न सक्दैन । त्यसैले जन प्रतिनिधिको हैसियतले स्वयम सेवक दस्ता बनाएको हुँ ।’
भिखम रायको संयाजकत्वमा बनेको सो दस्तामा स्थानीय सबै राजनीतिक दलका सदस्य आबद्ध सदस्य छन् । बेरोजगार, किसान, व्यवसायीलाई दस्तामा समेटिएको छ ।
आफ्नो ठाउँमा विकास भएको हेर्न चाहने जनतालाई समेटेर दस्ता तयार पारेको उनले बताए ।
स्वयम् सेवक दस्ता राजनीतिक उद्देश्यबाट नभइ विशुद्ध समाजिक हितको लागि गठन गरिएको पनि उनले दावी गरेका छन् ।
दस्ताले सबैभन्दा पहिले गाउँमा छुट्याएको योजना र बजेटबारे सम्पूर्ण कागजात लिनेछ । त्यसपछि दस्ताका सदस्यहरूले जनतालाई योजना र बजेटबारे जानकारी दिएर सचेत पार्दै हिनामिना रोक्न दबाब सिर्जना गर्ने छन् । ‘यसले गाउँसम्मकै निगरानी गर्नेछ’, उनले भने । सांसद कलवारले सांकेतिक रुपमा भए पनि आफूले सकारात्मक कामको थालिन गरेको दावी गरेका छन् ।
पद र शक्तिमा रहेको नेताले आफनो क्षेत्रमा पठाइको वजेटको दुरुपयोग गर्ने परम्परालाई चिर्द आफू यस्तो अभियानमा लागेको पनि उनले बताएका छन् ।















प्रतिक्रिया