२ कार्तिक २०८३, सोमबार

बरालको ‘मै भएर हो’ सार्वजनिक (भिडियोसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आधुनिक गीत लेखनमा सक्रिय सर्जक किरण बरालको दोस्रो एल्बम ‘सिम्रिक’ मा समावेश रहेको ‘मै भएर हो’ गीतको भिडियो यु ट्युबमार्फत सार्वजनिक भएको छ ।

बरालको शब्दमा प्रमोद खरेलको स्वर र बिबि अनुरागीको संगीत रहेको छ । रौतहट र चितवनका बिभिन्न ठाउँमा छायाँकन गरिएको यस भिडियोलाई रबिन्द्र वरालले निर्देशन एबं छायाँकन गरेका छन् भने, भिडियोको सम्पादन टेकेन्द्र शाहीले गरेका छन् ।

यस भिडियोमा सनम, मन्जु र गोबिन्दको अभिनय रहेको छ । बैदेशिक रोजगारीका कारण रेमिट्यान्स संगै भित्रिरहेको सामाजिक बिकृतिका बिषयलाई यस भिडियोले उठाउन खोजेको छ । रास क्रियसन द्वारा प्रस्तुत सिम्रिक एल्बमको यस भिडियोलाई भिजन नेपाल फिल्मसले बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियोः