रुकुम । रुकुममा चलिरहेको मध्यपश्चिमाञ्चल रुकुम महोत्सवको सातौं दिनमा चर्चितटेली श्रृंखला भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्रीले’ बुधबार सन्देशमुलक दमदार प्रस्तुति प्रस्तुत गरेका छन् ।
देशको राजनीति बिग्रिदै गएकोले हरेक तहमा समेत घुसपैठ र ठूलाबडाको चलखेल भएको भन्दै त्यसलाई अन्त्य गर्न अब जनता जागरुक हुनुपर्ने भन्ने खालका विषयवस्तुलाई महोत्सवमा उनीहरूले प्रस्तुत गरेका हुन् ।
दर्शकको ताली पाएका पाँडे र जिग्रीले साँच्चिकै सन्देशमुलक प्रस्तुति सुरु गर्दा दर्शकदीर्घामा रहेका सबैजना पेट मिची–मिची हाँसेका थिए । सबै दर्शकलाई भरपुर मनोरञ्जन दिन सफल उनीहरूको प्रस्तुति हेर्नका बुधबार रुकुमका विभिन्न गाँउ–गाँउबाट हजारौं दर्शकहरू महोत्सवस्थल प्रवेश गरेका थिए ।
सधै टिभी र मोबाइलका स्क्रिनमा मात्रै देखिने पाँडे र जिग्रीलाई प्रत्यक्ष आफ्ना आँखा अगाडि रुकुमबासीले देख्न पाउँदा महोत्सवका सबै दर्शकको मुहारमा खुशी भरिएको थियो ।
















प्रतिक्रिया