मुम्बई । भारतीय प्रसिद्ध नाटककार तथा पद्मश्री तारक मेहताको आज विहान ८७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी अवस्थामा रहेका मेहता अहमदाबादमा निधन भएको हो । भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ उनकै स्तम्भ ‘दुनिया ने ऊंधा चश्मा’ मा आधारति छ ।
यो कार्यक्रम सब टिभीमा प्रसारण हुने गर्छ । यो च्यानकै सबैभन्दा लोकप्रिय शो बनेको छ । शो मा जेठालाल, दया बेन र बाबु जी को भूमिका चर्चित बनेको छ । नौं वर्षदेखि सञ्चालनमा रहेको यस सिरियलबाट चर्चित भूमिकामा रहेका टप्पु अर्थात भव्य गांधीले आठ वर्षपछि शो छोडेका छन् ।
यो शो ले २ हजार एपिसोड पूरा गरिसकेको छ । योसंगै यो शो भारतको सबैभन्दा लामो समयसम्म चलेको कमेडी शो बनेको छ । यसमा दिलिप जोशी, दिशा वकानी र अमित भट्ट प्रमुख भूमिकामा छन् । शो गोकुलधाम सोसायटीमा रहने छ परिवारको कहानीमा आधारित छ ।















प्रतिक्रिया