मुम्बई । बलिउड अभिनेता सुनील सेट्टीका पिता बीरप्पा शेट्टीको मंगलबार राति निधन भएको छ । मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा ९३ वर्षको उमेरमा सेट्टीको निधन भएको हो ।
सुनीलका पितालाई २०१३ मा पक्षघात भएको थियो । सेट्टी परिवारका अनुसार उनको अन्तिम संस्कार भोलि गरिने छ । सुनील आफ्नो पितालाई धेरै माया गर्ने गर्थे । उनले आफ्नो पिताका लागि करिअर नै दाउँमा राखेका थिए । वषौंदेखि कुनै फिल्ममा साइन पनि गरेका थिइनन् ।
















प्रतिक्रिया