
काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा आज गरेको सम्बोधलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तुलित र पुर्वाग्रही भनेको छ ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै एमाले महासचि ईश्वर पोखरेलले सम्बोधनलाई असन्तुलित र पुर्वाग्रही रहेको आरोप लगाउँदै ‘हतारमा जस लिनका लागि गरिएको असन्तुलित अभिव्यक्ति’ भनेर व्याख्या गरे ।
पुष्पकमल दाहाल हिँडेको बाटो प्रत्युत्पादक छ भन्दै उनले अगाडि भने– ‘प्रधानमन्त्रीको सम्बोधन उल्झन, पुर्वाग्रह र जस पाउनका लागि दिइएको आतुर अभिव्यक्ति मात्रै हो ।’
निर्वाचनबारे बोलेको कुरा सकारात्मक
महासचिव पोखरेलले आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्वाचनबारे बोलेको कुरा सकारात्मक भएको बताउँदै कार्यान्वयन कसरी गर्नुहुन्छ त्यो हेर्नुपर्नेमा जोड दिए ।
‘निर्वाचन सफल पार्नका लागि प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट गरेको प्रतिवद्धतालाई एमालेले सकारात्मक रुपमा लिएको छ,’ उनले भने– ‘तर, संविधान संशोधनको बखेडा झिकेर यो बीचमा उहाँ निर्वाचनको प्रतिबद्धतालाई बाधा गर्ने उद्देश्यले त्यसमा प्रवेश गर्नुभयो । संशोधनमा अल्मलिनुभयो । यसले निर्वाचन गर्ने एजेण्डालाई राम्रो गर्दैन् ।’
महासचिव पोखरेलले एजेण्डा र औचित्य विनाको संविधान संशोधन अनुचित रहेको बताए ।











प्रतिक्रिया