१ कार्तिक २०८३, शनिबार

स्वास्थ्यमा खुल्यो रोजगारी, स्टाफ नर्सदेखि कार्यालय सहयोगसम्म आवेदन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । स्वास्थ्य मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले करार नियुक्तिका लागि विभिन्न पदहरूमा आवेदन माग गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरिएको सूचनामा उल्लेख छ ।

महाशाखाले स्टाफ नर्स ४०, कार्यालय सहयोगी २०, मेडिकल अधिकृत १०, जनस्वास्थ्य अधिकृत १०, हेल्थ असिष्टेन्ट १०, ल्याब टेक्निसियन १०, ल्याब असिष्टेन्ट १० र लेखा प्रशासन सहायक १० जनाका लागि आवेदन माग गरेको हो ।

२०७४ असार मसान्तभित्र करार नियुक्ति गरिसक्नु पर्ने भन्दै महाशाखाले आज अर्थात फागुन १४गतेदेखि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।