टोकियो, १३ फागुन । उद्योगमन्त्री नवीन्द्रराज जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोवीच टोकियोमा भेटवार्ता भएको छ ।
यसैगरी उद्योग मन्त्री जोशी र जापानका वातावरण राज्यमन्त्री इतो तादाहीकोबीच पनि टोकियोमा भेटघाट भएको छ ।
दुबै भेटका अवसरमा नेताहरूवीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनबारे छलफल भएको थियो । जापानी नेताहरूले नेपालमा वातावरण मैत्री औद्योगिकरणमा सघाउन तयार रहेको बताउनुभयो । नेपालको योजनाबद्ध औधोगीकरणमा सघाउन जापानमा रहेको थिंक्ट्याकमार्फ़त सहयोग अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालमा फोहरमैला व्यवस्थापन जडिवुटी जन्य उद्योग र वातावरणमैत्री औद्योगिक क्षेत्रको स्थापनामा लगानी गर्न इच्छुक रहेको उहाँहरूले बताउनुभयो । भूकम्पपछि को पूननिर्माण मा थप सहयोग गर्ने प्रतिवद्धता समेत उहाँहरूले व्यक्त गर्नुभयो ।
नेपालमा यहि फागुण १९, २० गते काठमाडौंमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा जापानका तर्फबाट सहभागिता जनाउने प्रतिबद्धता समेत उहाँहरूले व्यक्त गर्नुभयो ।

सो अवसरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा अब औद्योगिकरणको समय शुरू भएकोले नेपालमा लगानी विस्तार गरि फाइदा लिन आग्रह गर्नुभयो ।
विदेशी लगानी कर्ताहरूलाई पनि स्वदेशी लगानीकर्ता सरहको सुविधा उपलब्ध गराउन नेपाल कतिपय नीतिगत सुधार गरिसकेको भन्दै मन्त्री जोशीले भारत र चीनको विशाल हज़ार सम्भावना नेपालमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
दुबै जापानी नेताहरूलाई नेपाल भ्रमण का लागी समेत मन्त्री जोशीले अनुरोध गर्नुभयो । जापान सरकारको निमन्त्रणामा उद्योगमन्त्री जोशी साताव्यापी भ्रमणका क्रममा जापानमा हुनुहुन्छ ।
















प्रतिक्रिया