१ कार्तिक २०८३, आइतबार

‘फरार’ बालकृष्ण ढुंगेलसँग कांग्रेस नेता रामहरि खतिवडा यस्तो अबस्थामा देखिएपछि…

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका नेता एवं ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका बालकृष्ण ढुंगेलसँग देखिएका छन् ।

तीन दिन अगाडि ओखलढुंगाको गाम्नाङटारस्थित दीपक भट्टराईको घरमा आयोजित पूराणमा सांसद खतिवडा र हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजायँ पाइ फरार रहेका ढुंगेलको दोस्ती देखिएको हो ।

ढुंगेललाई हत्यारा भन्दै चर्को भाषण गर्दै आएका खतिवडाले कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बनेपछि दोस्तीको हात बढाएको उनी निकटस्थहरु बताउँछन् । माओवादी केन्द्रका नेता ढुंगेल ओखलढुंगाबाट निर्वाचित पूर्व सांसद हुन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई सर्वाेच्च अदालतले जन्मकैद सजायँ सुनाएका ढुंगेल हाल फरार छन् ।

सर्वाेच्च फैसलापछि लुकीलुकी हिड्दै आएका ढुंगेल प्रचण्ड प्रधानमन्त्री बनेपछि खुलेयाम हिड्न थालेका छन् । नेपाल प्रहरीले फरार भएकाले पक्राउ गर्न नसकेको बताउँदै आएको छ ।

कारवाही हुनुपर्छ भनेर चर्का भाषण गर्ने खतिवडा अदालतले नै हत्यारा ठहर्याएका ढुंगेलसँग फोटो खिच्दै कानेखुसीमा व्यस्त देखेपछि स्थानीय आश्चर्यमा परेका थिए ।

एक स्थानीय भन्छन्– ‘हत्यारासँग दोस्ती गरेर रामहरिले दोहोरो चरित्र देखाएका छन् । कारवाही हुनुपर्छ भनेर बाहिर चर्का भाषण गर्ने, भित्र हात मिलाउने यो कहाँसम्मको नैतिकता हो ?’

सांसद खतिवडा यसअघि घडी चोरिएको विषयमा विवादमा आएका थिए ।

यो पनि पढ्नुस्ः 

एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेश

बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन प्रचण्डको करोडौँको अफर मानिनन् सावित्री श्रेष्ठले !