१ कार्तिक २०८३, आइतबार

क्वेस्ट र एस सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । आयोजक क्वेस्ट इन्टरनेसनल कलेज र एस दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले आईएसटीलाई ५४–४९ ले पराजित ग¥यो । क्वेस्टको जितमा प्रजुन पोखरेलले २२ अंक योगदान गरे । अनिशको १३ अंक सहयोगमा एसले सीबीएमलाई ५७–४५ ले हरायो ।

एसियन र जेभियर इन्टरनेसनल कलेज पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

एसियनले सेन्ट जेभियर्समाथि ४०–३५ को जित निकाल्यो । एसियनका अनुप राउतले २४ अंक जोडे ।

जेभियरले लिभरपुल इन्टरनेसनल कलेजमाथि ५९–५८ को कठिन जित दर्ता ग-यो । जेभियरका दिनेश न्यौपानेले २९ स्कोर गरे । सेमिफाइनलमा जेभियरको भेट क्वेस्टसंग हुनेछ भने एसले एसियनको सामना गर्नेछ ।