काठमाडौं । नेपाली फिल्म ‘‘द मोष्ट वान्टेड’की नायिका तेजुला खतिवडा विवाह बन्धनमा बाधिएकी छिन् ।
झापाको बिर्तामोड निवासी सुमनराज वस्नेतसँग खतिवडाले परस्परागत रुपमा विवाह गरेकी हुन् । काठमाडौं कुण्डलिनी दरबार ब्याङ्क्वेटमा आयोजित विवाह समारोहमा उनका नजिकका चलचित्रकर्मी, सीमित पत्रकार, आफन्तलगायतलाई निम्त्याइएको थियो ।
वस्नेत कानून ब्यवसायी हुन् । खतिवडाका पति यसअघि जापान वस्दै आएका थिए । विवाहपछि यो जोडी जापान जान सक्ने चर्चा हुन थालेको छ ।
तेजुलाले ‘द मोष्ट वान्टेड’, ‘जष्ट फर यु’ चलचित्र, जीवनका पानाहरु सहित केही सानोपर्दाको श्रृखला र दर्जन बढि म्युजिक भिडियो अभिनय गरेकी छन् ।















प्रतिक्रिया