२ कार्तिक २०८३, सोमबार

म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नारालाई आत्मसात गर्दै म्यूजिक खबर डटकमको आयोजनामा गरिँदै आइएको यस अवार्डमा लोकदोहोरी, पप, आधुनिक, राष्ट्रिय भावको गीत, चलचित्र लगायतका विभिन्न ३१ विधामा अवार्ड केन्द्रित रहने बताइएको छ । कार्यक्रम आगामी जेठमा राजधानीमा सम्पन्न गरिने कार्यक्रम संयोजक पोखरेलले बताइन् । अवार्डमा सहभागी हुने सिर्जना २०७३ बैशाखदेखि चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्नेछ ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीतसंगीतको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्दै आएका अग्रज संगीतकर्मीलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिनेछ भने बाल प्रतिभा, संगीत पत्रकार, डायस्पोरा सम्मानजस्ता सम्मानका कार्यक्रम गरेर स्रष्टाहरुलाई नयाँ सिर्जनाका लागि उत्प्रेरित गर्ने आयोजक संस्था म्यूजिक खबरले बताएका थियो ।