१ कार्तिक २०८३, आइतबार

कांग्रेस-माओवादी बैठकः निर्वाचनको मिति घोषणा गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्ने समझदारी गरेका छन् ।

आइतबार विहान प्रधानन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताको बैठकले यसै साता निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

‘मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था अहिले छैन्,’ उनले भने– ‘कति घन्टा र समयभित्र हुन्छ म भन्न सक्दिँन् । तर, चुनावको मिति घोषणा हुन्छ ।’