मुम्बई । बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको कम्पनी होम शपिंग च्यानलको भविष्य खतरामा परेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच सय र एक हजारको नोटमा लगाएको प्रतिबन्धपछि शिल्पा र राजले होम शपिंग च्यानलको व्यसायमा धेरै नोक्सानी व्यहोर्नु परेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो कम्पनीलाई उनीहरूले अस्थायी रुपमा बन्द पनि गरिदिएका छन् ।
कम्पनीमा कार्यरत कर्मचारीहरूलाई शिल्पा र राजले तलब दिएका छैनन् । तलब नपाएपछि शिल्पा र राजसँग कर्मचारीहरू रिसाएका छन् ।
आफ्नो कम्पनीमा राज कुन्द्रा सीइओ थिए । डिसेम्बरमा यो पदबाट उनले राजीनामा दिएका थिए ।
पाँच सय र एक हजारका नोटमा लागेको प्रतिबन्धका कारण डेलिभरी भएका समानाको पैसा समयमा नपाउँदा कम्पनी समस्यामा परेको समाचारमा उल्लेख छ । – एजेन्सी















प्रतिक्रिया