काठमाडौं । गायक राजन ठकुरीले गायिका विष्णुमाया गुरुङसँग ‘मनै चोर्यो बुट्टेचोलीले…’ बोलको कौडा गीत रेकर्ड गराएका छन् । ‘जरुवाको पानी’ एल्वममा रहेको यो गीत आफैमा मौलिक संस्कृति बोकेको गीत हो ।
म्युजिक भिडियो बनाउने अन्तिम तयारीमा रहेका गायक ठकुरीले आफ्नै लय र शब्दमा यो गीत रेकर्ड गराएका हुन् । उनले प्रिज्मा रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएको बताए ।
थुप्रै गीतहरूमा स्वर, शब्द र संगीत गरिसकेका गायक ठकुरले पश्चिमाञ्चलको चर्चित भाका कौडामा आधारित गीत ल्याएका हुन् । मगर र गुरुङ समुदायमा विशेष महत्व राख्ने कौडा गीतको संरक्षणकै लागि पनि आफूले गाएको बताए ।
‘सबै संस्कृतिको संरक्षण तपाईहामी आफैले गर्नुपर्छ’, उनले भने, ‘गायक भइसकेपछि सैब किसिमका गीतसंगीतमा संलग्नता देखाउनु पर्छ ।’ उनले आफू पनि पश्चिमाञ्चलको भएको र त्यो भेगमा कौडाको आफ्नै खालको महत्व रहेको उल्लेख गरे ।
गायक ठकुरीलाई गायिका विष्णुमाया गुरुङले स्वरमा साथ दिएकी छिन् । आफैमा पनि राम्रो स्वर भएकी गुरुङले कौडा गीतबाट राम्रो प्रतिक्रिया पाउने बताउँछिन् । ‘कौडा गीत मगर र गुरुङ समुदायको संस्कृतिसँग जोडिएको छ’, उनले भनिन्, ‘कौडा गीतको भाका आफैमा राम्रो छ । यो भाकामा गाउदा सुन्तुष्टि पाइन्छ ।’
‘सिमसिम पानी रैछौ बेइमानी…’ बोलको गीतबाट एकाएक चर्चामा पुगेका गायक ठकुरले त्यसपछि विभिन्न खालका गीतसंगीतमा स्वर दिइसकेका छन् । उनले दोकदोहोरीका साथै देशभक्ति र आधुनिक गीतहरूमा स्वर दिइसकेका छन् ।















प्रतिक्रिया