२ कार्तिक २०८३, सोमबार

‘बिग बोस’ बारे रोहनले गरे नयाँ खुलासा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मम्बई । टेलिभिजनको दुनियामा निकै चर्चित बनेको रियालिटी शो ‘बिग बोस’ बारे सोही शो का प्रतियोगी रोहन मेहराले नयाँ खुलासा गरेका छन् । उनले ‘बिग बोस’ धोका दिइरहेको बताए । उनले आफूले पनि धोका खाएको बताए ।

यद्यपी, बिग बोस सिजन १० सकिसकेको छ । तर, यो विषयलाई लिएर शो चर्चाको विषय बनेको छ । कहिले स्वामी ओम र शो का विजेता मनवीर गुर्जरले शो बारे ठूलै खुलासा गरेका छन् ।

रोहन बिग बोसको मदबुद खेलाडी हुन् । तर, बाणी प्रत्यक पटक उनी भन्दा अगाडि जान्छिन् । रोहनले यस पछाडिको समस्या पनि खुलाएका छन् ।

रोहनले ट्विटरमा एक भिडियो शेयर गर्दै भनेका छन् ‘जब एक व्यक्ति रोहनलाई भोटिङ्ग गरिरहेको छ भने भोटिङ्ग हुन सकिरहेको छैन भनेर आउँछ । तर, त्यसैगरी बाणीलाई भोट गर्ने बेला भने भोटिङ्ग गरेकोमा धन्यबाद भनेर आउँछ ।’

उनले यो भन्दा बढी भन्न पनि नचाहेको बताएका छन् । उनले सबै प्रतियोगीको भोटिङमा यस्तै समस्या भएको आरोप लगाएका छन् । शो सकिएपछि उनी अहिले आफ्नो प्रेमीका काँचीसंगै छन् ।