२ कार्तिक २०८३, सोमबार

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणको अडिसनमा ५० युवती छानिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट भएको आयोजकले जनाएको छ ।

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो । यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । उनका अनुसार अब १० जनाका लागि आउने साता दोस्रो चरणको अडिसन गरिनेछ ।

‘आदिवासी आवाज’ नारा दिइएको यस प्रतियोगिताको पहिलो अडिसनमा सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, मोडल विपना थापा, व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञिजत, मिस इण्डििजिनियस हेरिटेज नेपाल–२०१६ की विजेता रुबुशा मानन्धर, आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठ, कोरियोग्राफर रोजिन श्रेष्ठ र मोडल क्वेस्ट–२०१६ की विजेता निरिशा बस्नेत निर्णायक थिए ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ फागुनबाट विभिन्न व्यक्तित्वविकासबारे प्रशिक्षण दिइने आयोजकले जनाएको । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यलगायत आदवासी क्षेत्रका विज्ञहरुले कला, संस्कृति, भेषभूषालगायतमा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी चैत १४ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।