काठमाडौं, ७ फागुन । फिल्मको अभिनय तथा मेला महोत्सवमा जाँदा छोटा लुगामा देखिने नायिका रेखा थापा अहिले सारी लगाएर राजनीतिको मैदानमा उत्रेकी छन् । केही समयअघि राप्रमा प्रवेश गरेकी रेखा अहिले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेकी छन् । उनी अहिले सारी लगाएर नमस्कार गर्दै भोट मागिरहेकी छन् ।
हिजोबाट काठमाडौंमा सुरु भएको राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर राजनीतिमा आफूलाई स्थापित गराउने मुडमा छिन् रेखा । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी रेखाको लागि केन्द्रीय सदस्यको पद निकै महत्वपूर्ण छ । रेखासँगै गायिका कोमल वली र नेपाली चलचित्रसँग आवद्ध केहि चलचित्रकर्मीलाई पनि अहिले राप्रपाको महाधिवेशनले छोएको छ ।
















प्रतिक्रिया