१ कार्तिक २०८३, आइतबार

रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को (रसिया), ५ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताउनुभयो ।

सम्बन्धमा आएको गतिरोध वा सम्बन्ध विकासमा समस्या आउनुमा रसियाको गल्ती नभएको बताउँदै आतङ्कवादविरोधी कार्यमा सम्पूर्ण जिम्मेवार राष्ट्रबीच सहकार्य हुनु विल्कुल आवश्यक विषय भएको छ, पुटिनले एफएसबीसँगको कुराकानीमा बताउनुभयो ।

अमेरिकी प्रशासनको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि रसिया र अमेरिकाको सम्बन्ध सुधारको सङ्केत देखिएको बेला पुटिनको यो भनाई आएको छ ।

रसियाली राष्ट्रपतिले आतङ्कवादी च्यानल र स्रोतहरुका बारेमा आदानप्रदान हुने सामान्य सूचना आतङ्कवादीविरुद्धको अभियानमा एउटा कोसेढुृङ्गा हुनसक्छ भन्नुभयो ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चांको विषय बनेको छ । – एएफपी