१ कार्तिक २०८३, आइतबार

माधव नेपालको निवासमै आएर कांग्रेसका जिल्ला नेता एमालेमा प्रवेश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघका जिल्ला नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

पछिल्लो समय एमाले प्रवेश गर्नेको लहर नै चलेका बेला सांसद् प्रेम आले मगरको पहलमा डोटीका कांग्रेस र नेविसंघका आधा दर्जन बढी नेता एमालेमा आएका हुन् ।

नवप्रवेशीलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरे । उनीहरु एमाले प्रवेश गर्न डोटीबाट कोटेश्वरस्थित नेता नेपालको निवासमै पुगेका थिए ।

एमाले प्रवेश गर्नेहरुमा नगर सचिव हेम केसी, नेवि संघ जिल्ला अध्यक्ष निर्मल बिष्ट, कर्ण बहादुर बलाएर, पुर्ण बहादुर बलाएर, जनक बोगटी खतिवडा, धन बहादुर बलाएर, दिपक बहादुर बलायर लगायत छन् ।