१ कार्तिक २०८३, आइतबार

आफ्नै जिल्लामा जलाइयो गृहमन्त्री निधिको पुत्ला, यस्तो छ कारण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । गृहमन्त्री विमलेन्द्र निधिको आफ्नै जिल्लामा पुत्ला दहन भएको छ ।

जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टी दुई नम्बर प्रदेशका सह –संयोजक कलाम मुदिन राइनको १५ दिनदेखि जारी अनसनलाई वेवास्ता गरेको भन्दै निधिको पुत्ला जलाइएको हो । आधुनिक जनकपुरको माग गर्दै गत माघ २० गतेदेखि उनीहरु अनसनमा छन् ।

उनीहरुको ७ बुँदे मागमा जनकपुर विकास प्राधिकरण गरी त्यहाँको सर्वाजनिक जग्गालाई संरक्षण गर्नुपर्ने, जनकपुरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, जनकपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्ववद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको चक्रपथ निर्माण हुनपर्ने, जिल्लामा व्याप्त भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने छ ।