१ कार्तिक २०८३, आइतबार

राप्रपामा रेखा थापासँग हात मिलाउने भन्दा धाप मार्ने बढी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनका लागि देशभरीका प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।

अधिकांश प्रतिनिधि विहिबार धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगे । त्यहाँ भर्खरै राप्रपा प्रवेश गरेकी अभिनेत्री रेखा थापा पनि देखिइन् । रेखासँगै गायिका कोमल वली पनि पार्टी कार्यालय पुगेकी थिइन् । पार्टी कार्यालय पुगेर रेखाले सबैसँग हात मिलाउन थालिन् । तर, प्रतिनिधि बनेर आएका तन्नेरीेदखि वयस्कसम्मका पुरुषहरु हात मिलाउने होइन् रेखाको शरीरमा धाप मार्न थाले । जसले गर्दा त्यहाँ रेखालाई निकै अप्ठेरो भयो । तरपनि उनी संयमित भएर कार्यकर्ता तथा फ्यानसँग घुलमिल हुने प्रयास गरिन् ।

त्यस्तै रेखासँग सेल्फी खिच्ने र फोटो खिचाउनेको लाइनै लाग्यो । झण्डै हजार जना उपस्थित पार्टी कार्यालयमा रेखालाई समय विताउनै हम्मे हम्मे पर्यो । फिल्ममा नारी प्रधान भुमिकामा देखिने रेखा राजनीतिमा लाग्दा भने आफूमाथि पुरुष कार्यकर्ताले धाप मारेको सहेर बस्नुपर्यो ।

रेखासँगै पार्टी कार्यालय पुगेकी कोमल वलीले भने धेरै सास्ती खेप्नुपरेन् । अधिकांश कार्यकर्ताको आकर्षक रेखातिरै थियो । रेखा देखेर धेरै प्रतिनिधि भुतुक्कै भएका थिए ।