१ कार्तिक २०८३, आइतबार

सोलिडारिटी कप बिजेता फुटबल टिमलाई नगदसहित सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०१६, नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप घोषणा गरिएको नगद पुरस्कार सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्रीले नगद पुरस्कारको रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्रीले २३ जना बिजेता खेलाडी र प्रमूख प्रशिक्षकलाई जनही ३ लाख, सहायक प्रशिक्षकलाई २ लाख र सामान्य ज्ञान प्रशिक्षक र फिजियोथेरापिष्टलाई जनही ५० हजार नगद पुरस्कारले सम्मान गरे ।

३ लाख नगदद्वारा पुरस्कृत हुने खेलाडीहरुमा क्याप्टेन अनिल गुरुङ, भाइस क्याप्टेन बिराज महर्जन, खेलाडीहरू बिकेश कुथु, रबिन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, बिमल घर्तिमगर, बिशाल राई, रञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जान बिष्ट, सुजल श्रेष्ठ, किरणकुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, बिशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र मूख्य प्रशिक्षक ग्वोतुकु कोजी रहेका थिए ।

त्यसैगरी सहायक प्रशिक्षक राजुकाजी शाक्यलाई रु. २ लाख, सामान्य ज्ञान प्रशिक्षक उज्जवल मानन्धर र फिजियोथेरापिष्ट सुरज भुसाललाई रु. ५० हजार नगदद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली, खेलकूद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट लगायतको उपस्थिति थियो ।